अपर हेवाखोला हाइड्रोपावरको १२ औं साधारणसभा सम्पन्न

काठमाण्डौ २६ असार २०८१ ।
अपर हेवाखोला हाइड्रोपावर लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । सङ्खुवासभा जिल्लामा रहेको ८.५ मेगावाट क्षमताको अपर हेवाखोला हाइडोपावरले राजधानीको गौशालामा एक कार्यक्रम आयोजना गर्दै १२ आंै साधारणसभा सम्पन्न गरेको हो । सयौं शेयर सदस्य महानुभावहरुको उपस्थीतिमा सम्पन्न सो सभाको अध्यक्षता हाइड्र«ोपावरका अध्यक्ष पवित्रा कार्की (रायमाझी) ले गरेकी थिइन् । कार्यक्रममा प्रबन्ध सञ्चालक डेडराज खड्का, सञ्चालकहरु भिमलाल पौड्याल, भुवनेश्वर अधिकारी, स्वतन्त्र सञ्चालक शेरबहादुर कार्की, पुर्व सञ्चालक अजुन गौतम लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा कोशी प्रदेशका पुर्वसासंद सरिता थापा खड्का अतिथिको रुपमा रहेकी थिइन् ।
कार्यक्रममा अध्यक्ष रायमाझीले संस्थाको तर्फबाट मन्तब्य राखेकी थिइन् । उनले तुलनात्मक रुपमा कम लागतमा निर्माण भएको अपर हेवाखोला हाइड्रोपावरले राम्रै आम्दानी गरिरहेको अवस्थामा बाढी, पहिरो लगायतको कारणले लाभाम्शं बाँडन् नसकेको बताइन् । तर आगमी दिनमा लाभासं बा्डने गरी आयोजना अघि बढ्ने उनले बताइन् ।
कार्यक्रममा शेयरधनीहरुको तर्फबाट शत्रुघन श्रेष्ठ, निरुपमा गुप्ता, जगनाथ आचार्य, डम्मरुबल्लभ घिमिरे, अमिरदाश रन्जित, गोविन्द केसी, युगल बसेल लगायतले कम्पनीको कार्यसम्पादन माथी टिप्पणी गरेका थिए । शत्रुधन श्रेष्ठले कम्पनी १२ बर्ष लाग्दा पनि शेयरधनीको हातमा सुको नपरेको गुनासो गरे । शेयरधनीका तर्फबाट उठेका प्रश्नहरुमाथी कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्काले उत्तर दिएका थिए । उनले कम्पनीले बार्षिक १७ करोड बढी आर्जन गरेपनि धेरैजसो पैसा वित्तिय ब्यवस्थापनमा खर्च भएको बताए । कम्पनीको बैक ऋण भुक्त्तानी नै साँढे ३ करोड भएको, आम्दानीको करिव १० प्रतिशत प्रशासनीक खर्च रहेको, इन्स्योरेन्स खर्च, रोयल्टी आदीले गर्दा नाफा वितरण गर्न नसकिएको बताए । उनले गत असारमा आएको बाढीको प्रभावले कम्पनीको लक्ष्यमा बाधा पुगेको बताए । सभाले शेयरधनीहरुको तर्फबाट इन्द्रमोहन लामिछानेलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको थियो ।
त्यसैगरी स्वतन्त्र सञ्चालक शेयर बहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया