अप्पर तामाकोशीको आम्दानी ७.९३% ले बढ्यो
काठमाण्डौ २९ साउन २०८१।
अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा विद्युत बिक्रीमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढी हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २८.३३ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी २३.१७ प्रतिशत र वित्तीय खर्च ७.६८ प्रतिशत घटेको छ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ। २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
हाइड्रोको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६८ करोड नोक्सानीमा रहेको छ।
कम्पनीको आम्दानी बढेको र खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया