२०८२ आश्विन १६ | Oct 02, 2025

अप्रत्यासित रुपमा महंगियो सुन, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १९
|
204 views

काठमाडौं । नेपाली बजारमा केही दिन यता अप्रत्यासित रुपमा सुनको मूल्य बढिरहेको छ । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्यो । पछिल्लो चार दिनदेखि निरन्तर रुपमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाउदै आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबारको बजारमा सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो साता (शुक्रबार) प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबारदेखि निरन्तर बढिरहेको छ । सोमबार प्रतितोला एक हजार १०० रुपैयाँले बढेको सुन मंगलबार तोलामा दुई हजार २०० ले बढेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया