|
|
२०८२ आश्विन २४
1.8k views
ललितपुर - ललितपुर । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको छ । अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ ।
यस अघि एटीएमबाट प्रति कारोबार २५ हजार दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको थियो ।
केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाखको सीमा भने यथावत छ ।

बिजनेस पाटी