अब क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २४
|
1.2k views

ललितपुर - ललितपुर । अबका दिनमा क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न केन्द्रीय बैंकबाट इजाजत लिनुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) एक सूचना जारी गर्दै क्यासिनोलगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने व्यवस्था गरेको हो।

विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएरमात्र विदेशी विनियमको कारोबार गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर शुक्रबाट राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube