अब चुनाव नलड्ने घोषणा  गर्ने नेताहरूमा थपिए काँग्रेस नेता अर्जुननरसिंह केसी

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ५
|
1.2k views

ललितपुर -

ललितपुर  ।  नुवाकोटबाट २०३८ सालदेखि निरन्तर चुनाव लड्दै आएका काँग्रेस नेता अर्जुननरसिंह केसीले अब चुनाव नलड्ने घोषणा गरेका छन् ।  प्रतिनिधि सभा  पार्टीका नेता कार्यकर्ताले क्षेत्रबाट सिफारिस हुन आग्रह गरेकोमा केसीले अघिल्लो चुनावमै अन्तिम पटक भनेर भोट मागेकोले अब चुनाव नलड्ने घोषणा गरेका हुन् । 

यसअघि काँग्रेसका नेताहरू बद्री पाण्डे, रामनाथ अधिकारी, राजन केसीले चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।  यस्तै एमालेका नेताहरू अष्टलक्ष्मी शाक्य युवराज ज्ञवाली ,काशीनाथ अधिकारी भूपेन्द्र थापा र  दलबहादुर रानाले पनि आगामी चुनाव नलड्ने  स्वघोषणा गरेका छन् । 

 पात्रो/राशिफल  रेडियो YouTube