२०८२ भाद्र ६ | Aug 22, 2025

अब मिर्गौलाका बिरामीले ८ लाख ५० हजारसम्मको सहुलियत पाउने

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ६

ललितपुर । सरकारले स्वास्थ्य बीमामा आवद्ध भएका मृर्गौला रोग लागेका बिरामीलाई ८ लाख ५० हजारसम्म स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ ।
यसअघि विपन्न कार्यक्रम मार्फत स्वास्थ्य बिमामा आवद्र्ध विरामीलाई सरकारले एक लाखको सुविधा दिँदै आएको थियो । चालू आर्थिक वर्ष २०८२/०८३ देखि कडा रोगका लागेका नागरिकलाई स्वास्थ्य उपचार गर्न आर्थिक भएको भन्दै सरकारले स्वास्थ्य बीमा मार्फत थप एक लाख दिने घोषणा गरेको थियो ।

त्यसमा पनि जटिल किसिमका रोग लागेमा थप एक लाख सहुलियत दिने भनिएको छ । जस्तोः क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीलाई १ लाख थप गरिएको हो । यो सुविधा स्वास्थ्य बीमा नियमावली २०७५ सुविधा सम्बन्धीको व्यवस्था अनुरुप घोषणा गरिएको हो । उक्त नियमावलीमा भनिएको छ,‘ १ साउन २०७६ देखि लागु हुने गरी कडा रोग लागेका बीमितलाई थप एक लाख दिइने छ ।’

यो हिसाबले ८ किसिमका कडा रोग लागेका बिरामीलाई तीन लाखसम्मको हुने देखिन्छ । त्यसमा पनि सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई हुने देखिन्छ । किनकि सरकारको राष्ट्रिय कार्यक्रम मार्फत नै मृगौला प्रत्यारोपण गर्ने बिरामीलाई ५ लाख ५० हजार दिने व्यवस्था गरेको छ ।

यस किसिमको सुविधा लिनका लागि भने बिरामी अनिवार्य रूपमा स्वास्थ्य बीमासँग आवद्ध हुनुपर्ने हुन्छ ।

सबैभन्दा पहिला चिकित्सकले कडा रोग लागेको पुष्टि गर्दै स्थानीय निकायलाई सिफारिस गर्नुपर्ने छ । त्यसपछि स्थानीय निकायले जिल्लामा रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयलाई सिफारिस गर्नेछ ।

स्वास्थ्य बिमा, विपन्न र जटिल रोग तीनै शिर्षकको सहुलित मृगौलाका बिरामी पाउने भएपछि सहुलित रकम पनि आठ लाख ५० हजार पुगेको हो ।

यसै सन्दर्भमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विपन्न र बीमाको कार्यक्रमलाई एकै ठाँउमा राखेर जटिल रोग लागेका नागरिकलाई सहुलियत दिने काम भइरहेको बताए ।

मन्त्री पौडेलले भने, ‘अस्पतालले कडा रोग लागेका बिरामीलाई दोहोरो सेवा लिन नपाइने बताउँदै आएका रहछन्,’ ‘सबै अस्पताललाई पत्रचार गरिसकेका छौं । बीमा र विपन्न कार्यक्रम उहाँहरूले दोहोरो सेवा लिन पाउनुहुन्छ।’

प्राविधिक काम भइरहेकाले बिमा कार्यक्रम केही दिनलाई स्थगित गरिएको अस्पतालहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया