अब सबै म्यानपावर कम्पनीले जापानमा कामदार पठाउन पाउने

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १८
|
2k views

ललितपुर - ललितपुर । अबदेखि सबै म्यानपावर कम्पनीहरूले रोजगारीका लागि श्रमिक जापान पठाउन पाउने भएका छन् ।

अब अन्य देशहरूमा जस्तै मेनपावर कम्पनीहरूले जापानमा पनि श्रमिक पठाउन पाउनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकलाई जापानमा काम गर्न पठाउने गरिएको थियो ।

यसअघि पटक पटक निर्देशिका खारेज गरेर सबै म्यानपावर व्यवसायी मार्फत कामदार पठाउन पाउने व्यवस्था गर्न व्यवसायीले माग गर्दै आएका थिए । सोही अनुसार निर्देशिका खारेज गरेर अब सबै म्यानपावर व्यवसायीले सहज कामदार पठाउन पाउने मन्त्रालयले जनाएको छ ।

सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेपछि अब सबै म्यानपावर कमपनीहरूले जापानमा श्रमिक पठाउन पाउने भएका हुन् ।

 पात्रो/राशिफल  रेडियो YouTube