Rato Kagaj पल पलको खबर

२०८२ श्रावण २६ | Aug 11, 2025

अभिनेता शाहरुख खानले राष्ट्रिय चलचित्र पुरस्कार पाउँदा किन उठ्यो किशोर कुमारलाई पुरस्कार जित्न मन्त्रालयमा कसैलाई घुस दिन भनिएको प्रसंग ?

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १७


ललितपुर । बलिवुडको ७१ औं राष्ट्रिय चलचित्र पुरस्कार २०२३ को नतिजा शुक्रवार घोषणा गरिएको छ । बलिवुड फिल्म उद्योगमा ३० वर्षभन्दा बढी समयपछि अभिनेता शाहरुख खान र रानी मुखर्जीले पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् । यस पटक मुख्य भूमिकामा उत्कृष्ट अभिनेताको पुरस्कार दुई कलाकारहरू बीच बाँडिएको थियो । ’जवान’ का लागि शाहरुख खान र ’१२ औं फेल’ का लागि विक्रान्त मेसीले यो पुरस्कार प्राप्त गरे । यस्तै ’श्रीमती चटर्जी भर्सेस नर्वे’ मा उनको शक्तिशाली अभिनयको लागि रानी मुखर्जीलाई सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार दिइयो ।

नतिजा अनुसार फिचर फिल्म श्रेणीमा, हिन्दी चलचित्र ’१२ औं फेल’ ले उत्कृष्ट चलचित्रको उपाधि जित्यो भने मनोरञ्जनात्मक लोकप्रिय चलचित्रहरूको श्रेणीमा करण जोहरद्वारा निर्देशित ’राँकी रानी की प्रेम कहानी’ लाई पुरस्कार दिइएको थियो । ’द केरला स्टोरी’ का निर्देशक सुदिप्तो सेनले निर्देशनको लागि राष्ट्रिय पुरस्कार प्राप्त गरे। संगीत विधामा, शिल्पा रावलाई जवानको ’चलेया’ गीतको लागि उत्कृष्ट महिला पाश्र्व गायिकाको रूपमा छनोट गरिएको थियो र तेलुगु फिल्म बेबीको ’प्रेमिस्थुना ’ गीतको लागि पीभीएनएस रोहितलाई उत्कृष्ट पुरुष पाश्र्व गायकको रूपमा छनोट गरिएको थियो।
गैर–फीचर फिल्म विधामा, उत्कृष्ट फिल्मको पुरस्कार सौम्यजित घोषद्वारा निर्देशित फ्लावरिङ म्यान (हिन्दी) लाई दिइयो । विजयराघवन र मुथुपेट्टई सोमु भास्करले उत्कृष्ट सहायक अभिनेताको पुरस्कार जिते भने उर्वशी र जानकी बोडीवालाले उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार जिते ।

राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि, अभिनेता शाहरुख खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिएका छन् । उनले भनेका छन् “राष्ट्रिय चलचित्र पुरस्कार केवल एउटा उपलब्धि मात्र होइन । यसले म जे गर्छु त्यो महत्वपूर्ण हो भनेर मलाई सम्झाउँछ । यसले मलाई अगाडि बढ्न, कडा परिश्रम गर्न र सिनेमाको सेवा गरिरहन भन्छ,” “यो पुरस्कारले मलाई अभिनय केवल एउटा काम होइन, जिम्मेवारी हो । र, पर्दामा सत्य देखाउनु जिम्मेवारी हो भन्ने सम्झाउँछ ।”
तर यो नतिजाले धेरै प्रशंसकहरूलाई अचम्भित बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नवभारत टाइम्सका लागि कनिका सिंहले किशोर कुमारलाई पुरस्कार जित्न मन्त्रालयमा कसैलाई घुस दिन भनिएको सन्दर्भ उठाउदै लेखेकी छन यद्यपी तपाईलाई थाहा छ किशोर कुमार, धर्मेन्द्र, राजेश खन्ना, देव आनन्द र मधुबाला जस्ता सिनेमाका दिग्गजहरूले कहिल्यै राष्ट्रिय पुरस्कार जितेका छैनन? वास्तवमा, एक पटक किशोर कुमारलाई पुरस्कार जित्न मन्त्रालयमा कसैलाई घुस दिन भनिएको थियो ।

विक्की लालवानीसँगको पहिलेको कुराकानीमा, किशोर कुमारका छोरा अमित कुमारले खुलासा गरे कि स्वर्गीय अभिनेता एक पटक ’दूर गगन की छाओं में’ को लागि राष्ट्रिय पुरस्कार जित्नेमा लगभग नजिक थिए । किशोर कुमारले आफ्नो छोरा अमित कुमारसँग १९६४ को फिल्म आई.एस. मा भूमिका निर्वाह गरेका थिए। फिल्म बक्स अफिसमा धेरै सफल भयो र राष्ट्रिय पुरस्कारको लागि पनि विचार गरिएको थियो । यद्यपि, मन्त्रालयमा ’कसैले’ घुस माग गर्दा फिल्मको सफलताको बाटो रोकियो ।
अमित कुमारले भने, ’उनलाई दिल्ली मन्त्रालयबाट कसैको फोन आयो। त्यतिबेला ’हकिकत’, ’दोस्ती’ र ’दूर गगन की छाओं में’ लाई राष्ट्रिय पुरस्कारको लागि विचार गरिँदै थियो । फोन गर्नेले मेरो बुबालाई भने, ’यदि तपाईंले केही गर्नुभयो भने, केही दिने हो भने हामी तपाईंलाई मनोनयन गर्न सक्छौं । ’ मेरो बुबाले भन्नुभयो, ’तपाईं मेरो पछि किन पर्नु भएको छ ? मेरो फिल्म हिट छ।’

राष्ट्रिय, सामाजिक र पर्यावरणीय मूल्यहरू प्रदान उत्कृष्ट फिचर फिल्म को अवार्ड हिन्दी फिल्म ’सैम बहादुर’ ले पायो । सर्वश्रेष्ठ सिनेमैटोग्राफी को अवार्ड ’दर केरल स्टोरी’ को लागि प्रसान्तु मोहपात्रालाई दिइएको थियो ।

उत्कृष्ट म्युजÞिक निर्देशन तर्फ दुई जनालाई बाँडियो । गीतको लागि तमिल फिल्म ’वाथी’ र ब्याकग्राउन्ड म्युजÞिकको लागि हिन्दी फिल्म ’एनिमल’ ले पाए । कोरियोग्राफीका लागि ’राँकी रानी की प्रेम कहानी’ बाट कोरियोग्राफर वैभवी मर्चेन्टले पाए ।
सर्बोत्कृष्ट हिंदी फिल्म को अवार्ड ’कटहलः अ जैकफ्रूट मिस्त्री’ ले पायो । यसका निर्देशक यशोवर्धन मिश्र हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया