अभिभावक र बालबालिकाको पहिलो आकर्षण : अम्बेश्वरी डे केयर एण्ड मन्टेश्वरी

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४
|
459 views

ललितपुर - काठमाडौं । पछिल्ला केही वर्षदेखि नेपालमा मन्टेश्वरी शिक्षाप्रति आम अभिभावकको आकर्षण बढिरहेको देखिन्छ । पढ्ने, पढाउने, घोकाउने र रटाउने परम्परागत शिक्षा भन्दा पनि सिक्ने र सिकाउने आधुनिक प्रविधियुक्त शिक्षाप्रति अभिभावक एवम् बालबालिकाको आकर्षण बढ्दै गएको छ ।

आजभोली विद्यालयस्तरको औपचारिक पढाइ सुरु गर्नुभन्दा पहिले बालबालिकालाई सिकाउन प्रयोग गरिने उक्त मन्टेश्वरी विधिलाई निकै प्रभावकारी रुप्म्ँ लिन थालिएको छ ।

अभिभावको आकर्षण, बालबालिकाको रुचि र प्रभावकारीतालाई मध्यनजर गर्दैै काठमाडौं उपत्यका लगायत देशभर मन्टेश्वरी विद्यालय खोल्ने क्रम दिनानुदिन बढिरहेको छ । प्रि–स्कुलका नाममा खोलिएका विभिन्न मन्टेश्वरी विद्यालयहरुले बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै उनीहरुको बौद्धिक, मानसिक, व्यवहारिक, सामाजिकलगायत चौतर्फी विकासमा सहयोग पुर्‍याइरहेका छन् ।

यस्तै उद्देश्यका साथ विगत १० वर्षदेखि काठमाडौं महानगरपालिका–३१ शान्तिनगरमा खुलेको अम्बेश्वरी डे केयर एण्ड मन्टेश्वरी प्रि स्कुलले पनि बालबालिकाको बौद्धिक, मानसिक, सामाजिकलगायत चौतर्फी विकासमा सहयोग पुर्‍याइरहेको छ ।

यस स्कुलले बालबालिकालाई केन्द्रिकृत, लचकता र दयालु बनाउने कुरामा मुख्य जोड दिइरहेको प्रिन्सिपल गुन्जा चौधारीले बताएकी छन् । उनले भनिन्–ूअत्याधुनिक शैक्षिक पद्धतिहरूद्वारा हामी बालबालिकाको जग बलियो बनाउन र बच्चाहरुलाई कसरी सामाजिक र व्यवहारिक बनाउन सकिन्छ भन्ने कुरामा लागि परेका छौ ।”

करिब दश वर्षअघि सुरु भएको अम्बेश्वरी डे केयर एण्ड मन्टेश्वरी प्रि स्कुलले बालबालिकालाई सैद्धान्तिक, बौद्धिक र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको र ‘मन्टेश्वरी शैक्षिक पद्धतिद्वारा बालबालिकाको व्यावहारिक ज्ञानलाई बढी प्राथमिकतामा राखेको उनी बताउँछिन् ।
यस विद्यालयमा पारिवारिक वातावरण, स्वच्छ आहार, सफा र सहज खेल मैदानका साथै मायालु वातावरणमा बालबालिका रमाएर सिकिरहेका छन् ।

विभिन्न धर्म, जातजाति तथा समुदायमा मनाइने हरेक चाडपर्वहरुको महत्व र ती पर्वहरुसँग विशेष गरी बालबालिकालाई परिचित गराउन यस स्कुलले विशेष भूमिका निर्वाह गरेको देखिन्छ ।

बालबालिकाहरुलाई घोकन्ते शिक्षा भन्दा पनि व्यवहारिक ज्ञान र खेल्दै रमाउँदै सिक्ने उचित वातावरण यस स्कुलले सृजना गरेको यस अम्बेश्वरीका शिक्षिकाहरु बताउँछन् ।

यसैगरी आफ्ना बालबालिकाहरु रमाउँदै स्कुल जानुले पनि स्कुलभित्रको वातावरण उपयुक्त भएको अभिभावकहरुको बुझाइ छ ।

 पात्रो/राशिफल  रेडियो YouTube