२०८२ भाद्र ६ | Aug 22, 2025

अभिव्यक्ति स्वतन्त्रता विरुद्धका गतिविधि नगर्न र सञ्चारकर्मीमाथि जारी पक्राउपुर्जी फिर्ता लिन सरकार संग माओवादीको माग

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २९

ललितपुर । नेकपा माओवादी केन्द्रले आफू स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको सधैं पक्षधर रहेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका गतिविधि नगर्न र सञ्चारकर्मीमाथि जारी पक्राउपुर्जी फिर्ता लिन माग गरेको छ ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउपूर्जी जारी गरिएको घटना तथा नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशप्रति आपत्ति जनाएका छन् ।

उनले सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित भएको बताएका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया