२०८२ असार ९

ललितपुर । ६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी तिरेर रिहा भए लगत्तै अमला रोकालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको छ ।
काठमाडौँ जिल्ला अदालतले उनलाई ६१ किलो सुन तस्करी प्रकरणमा सोमबार २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
धरौटी तिरेर रिहाई भए लगत्तै उनलाई सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएकाले पक्राउ गरेर विभागको जिम्मा लगाइएको सीआईबीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया