२०८२ असार ३०

ललितपुर । अमेरिकाको टेक्ससमा तीज गीतको छायाँङकन सम्पन्न भएको छ ।
प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द , ख्यातिप्राप्त सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत गायिकाहरू समीक्षा अधिकारी र सुधा रत्नको स्वर रहेको ‘शिर फूल हरायो रे फन्की नाच्ने तालमा खोजौँ खोजौँ सङ्गी हो काकरीको झालमा’ बोलको गीतको म्युजिक भिडियो टेक्ससमा छायाँङकन गरिएको हो ।
सञ्जय श्रीपालको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई गोहन आलेले खिचेका हुन भने किशन रेग्मीले निर्देशन गरेका हुन् । आगामी शुक्रवार सार्वजनिक गर्ने तयारी गरेको भिडियोको कोरियोग्राफी प्रियङ्का ऐरले गरेकी हुन् ।











फेसबुकबाट तपाईको प्रतिक्रिया