२०८२ भाद्र १८ | Sep 03, 2025

अमेरिकाको प्रतिष्ठित ACP Osler Cup पुरस्कार जित्ने पहिलो नेपाली चिकित्सक बनिन् डा.बोहोरा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ११
|
51 views

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. रिया बोहरा सन् २०२५ को American College of Physicians (ACP) Doctor’s Dilemma प्रतियोगितामा विजेता भएको तीन सदस्यीय टोलीमा महत्वपूर्ण भूमिका निभाउँदै  Osler Cup Award 2025 जित्ने पहिलो नेपाली बनेकी छिन्।

न्यूअर्लेन्स, लुइजियानामा आयोजित उक्त प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका लगायत देशहरूबाट आएका ६० उत्कृष्ट Internal Medicine (IM) रेसिडेन्ट टोलीहरूले भाग लिएका थिए। तीन दिनसम्म चलेको कार्यक्रममा प्रतिस्पर्धीहरूले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित चुनौतीहरूमा सहभागिता जनाएका थिए।

डा. बोहराले American College of Massachusetts chapter  र Saint Vincent Hospital  प्रतिनिधित्व गरेकी थिइन्।उनी सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले संस्थालाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाएको छ र विश्वभरका प्रमुख क्लिनिकल शिक्षा संस्थाहरूमध्ये एकका रूपमा चिनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement