२०८२ भाद्र ६ | Aug 22, 2025

अमेरिकाको मिसिगनमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ११ जना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ११

ललितपुर। अमेरिकाको मिसिगन राज्यको ट्रिवर्स सिटीमा अवस्थित वालमार्टमा एक व्यक्तिले ११ जनामाथि चक्कु प्रहार गरेर घाइते बनाएका छन् । द न्यूयोर्क टाइम्सका अनुसार घाइतेहरुको मुनसन मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

एक व्यक्तिले स्थानीय समय अनुसार शनिबार साँझ ६ बजे अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । सो घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनले चक्कु आक्रमण गर्नुको कारण खुलेको छैन । मिसिगन राज्य प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

वालमार्टले विज्ञप्ति जारी गर्दै घटनामा दुस्ख व्यक्त गरेको छ र अनुसन्धानमा प्रहरीलाई सघाउने बचन दिएको छ ।

सो घटनापछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । र, स्थानीयलाई भिडभाडयुक्त क्षेत्रमा नजान भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया