२०८२ भाद्र ९ | Aug 25, 2025

अमेरिकाले फिर्ता पठाएका नेपाली मध्यरातमा आइपुगे काठमाडौं

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २६

काठमाडौं । अमेरिकाले फिर्ता पठाएका नेपालीहरु आइतबार मध्यरातमा काठमाडौं आइपुगेका छन् ।

अमेरिकाले विमान चार्टर गरेर यसपटक ३७ जना नेपालीलाई काठमाडौं छोडेको छ । उनीहरु आईतवार मध्य राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएकेमा अमेरिकाको अध्यागमन कानून उल्लंघन भएको भन्दै अमेरिकाले ती नेपालीलाई काठमाडौं डिपोर्ट गरेको हो ।

विमानमा सुरुमा ५० जना नेपाली रहेको भनिए पनि गरेको ३७ जना मात्र काठमाडौं आइपुगेको जानकारी प्राप्त भएको छ । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइदिएको हो । अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेहरुमा ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।

पछिल्लो समयमा भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काइरहेको छ ।

त्रिभुवन विमानस्थलमा मध्यराति अनौठो दृश्य देखियो । सुटकेस बोकेर अमेरिका प्रवेश गरेका नेपालीहरु बोरा बोकर नेपाल फर्काइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement