२०८२ भाद्र १८ | Sep 03, 2025

अमेरिकाले फेरि पठायो ३७ नेपाली, विहीबार काठमाडौं आइपुग्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १८
|
816 views

ललितपुर । डोनाल्ड ट्रम्प राष्ट्रपति भएदेखि नै अमेरिकाले भिसा सकिएर पनि बसिरहेका विदेशी नागरिकहरुलाई धमाधम स्वदेश फर्काइरहेको छ । भिसाको म्याद गुज्रिएर पनि अमेरिकमै बसोबास गरिरहेका नेपालीहरुलाई समेत अमेरिकाले धमाधम नेपाल पठाइरहेको छ । यसपटक भने अमेरिकाले एकसाथ ३७ नेपालीलाई नेपाल डिपोर्ट गरेको हो ।

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली बुधबार नै काठमाडौं आइपुग्ने भनिएको थियो । तर, प्राविधिक कारणले नेपाल आइपुग्ने समय एकदिन ढिला भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले केही प्राविधिक गडबढीकार कारण डिपोर्ट १ दिन सरेको जनाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर्ड विमानमार्फत भोली काठमाडौं ल्याएर छाड्ने भएको छ।

यसअघि २०८२ जेठ २५ गते अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी पठाएको यो दोस्रो पटक हो । अघिल्लो पटक पनि नेपालीहरुलाई अमेरिकाले चार्टर्ड विमानमै नेपाल पठाएको थियो ।

अहिलेसम्म विभिन्न कारणले २१५ जना नेपालीहहरु अमेरिकाबाट डिपोर्ट भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement