२०८२ फाल्गुन ६ | Feb 18, 2026

अमेरिकासँग नेपाल १०६ रनको अन्तरले पराजित

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १०
|
714 views

ललितपुर । आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाले नेपाललाई १०६ रनको बिशाल अन्तरले पराजित गरेको हो ।

अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर १ बलमा १५६ रन बनाउंदा अल आउट भयो । नेपालका धेरै जसो व्याट्सम्यान अमेरिकी बलरहरुको सामु निरिह बने ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने आसिफ शेख ३७, भीम सार्की २९, कप्तान रोहित पौडेल २, आरिफ शेख २०, गुल्सन झा ३, सोमपाल कामी ११, करण केसी २, सन्दीप लामिछाने र कुशल भुर्तेल ० रनमा आउट भए ।
नेपाली व्याट्समानका सामु अमेरिकी बलरहरु शुरुदेखि नै हावि भएका थिए । बलिङमा अमेरिकाका हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । ८।१ ओभर बलिङ गरेका सिंहले २६ रन खर्चेर ६ विकेट लिए ।

त्यसअघि दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन र मिलिन्द कुमारले अविजित ७० रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १.१ विकेट लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया