२०८२ आश्विन १६ | Oct 02, 2025

अमेरिकी कानुन उल्लंघनको आरोपमा अमेरिकाले रद्द गर्‍यो ६ हजार बढी विद्यार्थीको भिसा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३
|
204 views

वासिङ्टन डिसी । अमेरिकाको कानुन उल्लंघन गरेको भन्दै यसपटक अमेरिकाले करिव ६ हजारभन्दा माथिको संख्यामा विदेशी विद्यार्थीहरुको भिसा रद्द गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले विभिन्न देशका करिव ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको जनाएको छ । अमेरिकी कानुनको उल्लङ्घन र भिसाको समय सकिएपछि पनि अटेर गर्दै अमेरिकामै बसिरहेको भन्दा उनीहरुको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी कानुन उल्लङ्घनका अधिकांश घटना कुटपिट, मादक वा नशालु पदार्थ खाएर गाडी चलाएको, लुटपाटको घटनामा संलग्न भएको र आतंकवादलाई समर्थन आदिसँग सम्बन्धित भएको बताइएको छ ।

ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ गरिरहँदा यो कदम चालिएको हो । विदेश मन्त्रालयले आतंकवालाई समर्थनको अर्थ के हो भनेर स्पष्ट खुलाएको छैन । तर ट्रम्प प्रशासनले प्यालेष्टाइनको समर्थमा विरोध प्रदर्शन गर्ने केही विद्यार्थीलाई निशाना बनाएको बुझिएको छ । भिसा रद्द हुनेमध्ये करिब चार हजारको भिसा कानुन उल्लङ्घनसँग सम्बन्धित रहेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी अन्य ३०० को हाराहारीमा रहेका विदेशी विद्यार्थीहरुको भिसा भने आतङ्कवादको कारण देखाएर खारेज गरिएको भनिएको छ ।

यो वर्षको सुरुमा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीको भिसा अपोइन्टमेन्ट शेड्यूल रोकेको थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया