२०८२ फाल्गुन ६ | Feb 18, 2026

अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटलबीच सहकार्य सम्झौता

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २५
|
714 views

काठमाण्डौं । अर्गा भगवती भेन्चर्स प्रा. लि. र कुमारी क्यापिटल लिमिटेड बीच एक सहकार्य सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत अर्गा भगवतीको नविकरणिय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा अन्र्तगत वे टु लिस्टिङ मार्फत कम्पनीलाई सूचिकरण हुँदा सम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरु जस्तै, कम्पनी कन्भरसेसन सार्वजनिक निष्काशन लगायतका सम्पूर्ण कार्यहरु नियमक निकायहरुसँगको समन्वयमा पुरा गर्ने गरी कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

अर्गा भगवती भेन्चर्सले, हाल अर्घाखाँची जिल्लामा १० मेगावाटको नविकरणिय सौर्य उर्जा उत्पादनको निर्माण कार्य अनवरत रुपमा अगाडी बढाईरहेको छ । छोटो समयमा नै आयोजनाका सम्पूर्ण कार्यहरु सम्पन्न गरी विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाईन मार्फत वितरण गरी देशको आर्थिक समबृद्धीमा टेवा पु¥याउने र स्वच्छ वातावरण प्रवद्र्धन गर्ने लक्ष्य रहेको जानकारी कम्पनीका अध्यक्ष कुशल थापाले जानकारी दिएका छन् फाइनान्सियल क्लोजर सम्पन्न गरिसकेको छ ।

सम्झौतामा अर्गा भगवती भेन्चर्स प्रा. लि.का सञ्चालक समितीका अध्यक्ष थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्र्माले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया