
ललितपुर । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज पत्रकार सम्मेलन गर्दैछन् । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गरेका अर्थमन्त्री पौडेलले बजेटकै विषयमा केन्द्रित भएर आज (शुक्रबार) पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
आज दिउँसो १ बजे हुन लागेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८२÷०८३ को बजेटसम्बन्धी विषयमै केन्द्रित हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ । सम्मेलन अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने छ ।
बिहीबार अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमार्फत् आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।
आगामी आर्थिक वर्षको यो बजेट चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यस्तै संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । चलु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया