२०८२ आश्विन १६ | Oct 02, 2025

अर्थमन्त्री पौडेल र जोहानेस टुटबीच शिष्टाचार भेट, नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १७
|
1.1k views

ललितपुर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच आज शिष्टाचार भेटघाट भएको छ। मंगलबार अर्थ मन्त्रालयमा भएको उक्त भेटमा नेपालको समग्र अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विविध विषयमा छलफल भएको छ।

यसैबीच उपप्रधान तथा अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा हाल अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा उल्लेख्य सुधार गरेको बताए। उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न नेपाल सरकार विश्व बैंकसँग मिलेर काम इच्छुक रहेको बताएका छन् ।

नेपालले विश्व बैंकबाट सहयोगको अपेक्षा राखेका बताउँदै अर्थमन्त्री पौडेलले यतिबेला वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया