२०८२ भाद्र ६ | Aug 22, 2025

अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३०

ललितपुर । दुवै सदनबाट पारित भएर आएका अर्थसम्बन्धी तीनवटा विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपला सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

उनले विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया