२०८२ फाल्गुन ६ | Feb 18, 2026

अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समिति बैठक

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ६
|
255 views

ललितपुर । अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समिति बैठक सुरू भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक सुरु भएको हो।

समिति बैठकले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्ने तयारी छ। गभर्नरमा प्राडा विश्व पौडेल नियुक्ति गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको छ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया