२०८२ असार १२

ललितपुर । विशेष अदालतले दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका कार्यकारी सम्पादक एमपी सुब्बालाई अदालतको अवहेलना मुद्दामा जनही २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा, विदुर कोइराला सम्मिलित इजलासले यो आदेश दिएको हो ।
आजै उनीहरूको बयान भएको थियो । यसअघि अदालतले दृष्टि न्युज अनलाइनमा रहेको समाचार नहटाउन र परिमार्जन नगर्न भनेको थियो । इजसालले असार १५ मा साक्षी बकपत्रका लागि समय तोकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया