अशोक राईको नेतृत्वमा जसपा फुट्यो, उपेन्द्रको साथमा कति भाइ ?

BusinessPati बिजनेस पाटी
|
२०८१ बैशाख २३
|
459 views

ललितपुर - काठमाडौं २३ वैशाख २०८१।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता तथा सांसद अशोक राईको नेतृत्वमा ७ जना सांसद र २९ जना केन्द्रीय सदस्यसहित जसपा नेपालबाट अलग भएको हो।। असन्तुष्ट समूहको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो।

राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिइएको छ।

      जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका वेला पार्टी विभाजनको निर्णय भएको हो। यादवले राजेन्द्र श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । कावा अध्यक्ष श्रेष्ठ पनि विभाजनको पक्षमा उभिँदै नयाँ दलतिर लागेका छन्।

      हाल प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्। नयाँ दलमा अशोक राई, प्रदीप यादव, सुशीला श्रेष्ठ, रन्जु झा, वीरेन्द्र महतो, बहालवाला वनमन्त्री नवलकिशोर साह सुडी र समानुपातिक सांसद हसिना खान छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube