ललितपुर - सिड्नी । अष्ट्रेलियाको सिड्नी बोन्डी बीचमा भएको गोलीकाण्डमा गोली चलाउने दुई बन्धुकधारी मध्ये एक ५० वर्षीय बुबा र २४ वर्षीय उनकै छोरा भएको पुष्टि भएको छ । बन्धुकधारीमध्ये ५० वर्षे बाउ र उनका २४ वर्षे छोरा रहेको वेल्स राज्यको प्रहरीले पुष्टि गरेको छ ।
मृत्यु हुनेको संख्या १६ पुगेको छ, भन पाँचजनाको अवस्था गम्भीर रहेको भनिएको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ ।
न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमवार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीको एक विज्ञप्तिमा १४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको उल्लेख छ । मृतकहरूको उमेर १० देखि ८७ वर्षका बीचमा रहेको र आक्रमणकारीमध्ये एक जना पनि समावेश छन् । घाइते भएका ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
न्यू साउथ वेल्स प्रहरी बलका आयुक्त माल लान्योनले पत्रकार सम्मेलनमा दुई जना कथित बन्दुकधारी ५० वर्षीय पुरुष र उनका २४ वर्षीय छोरा रहेको बताए । घटनास्थलमै मारिएका ५० वर्षीय व्यक्तिले कानूनी रूपमा ६ वटा बन्दुक बोकेका लाइसेन्स प्राप्त बन्दुकधारी भएको ल्यान्योनले बताए । यो १९९६ मा तस्मानिया टापु राज्यको पोर्ट आर्थरमा ३५ जनाको मृत्यु भएपछि अष्ट्रेलियाको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो ।

बिजनेस पाटी