२०८२ भाद्र ६ | Aug 22, 2025

असार २४ मा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनामा साढे ३ अर्ब क्षतिको अनुमान, पुननिर्माणका लागि कर्मचारी सञ्चय कोषसँग ऋण लिइने

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ११

ललितपुर । गत असार २४ गते रसुवाको ल्हेन्दे खोलामा आएको भिषण बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा मात्रै करिव साढे ३ अर्बको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार, रसुवा बाढीले जलविद्युत् आयोजनाको हेडवक्स, डिजेनेटर, गेट संरचना, पावर हाउस, मोटर हाउसलगायतका संरचनामा समेत ठूलो क्षति पुर्याएको छ ।

बाढीका कारण तहसनहस भएको रसुवागढी जलविद्युत् आयोजनाबाट अझै पनि क्षतिको यकिन विवरण भने आइसकेको छैन । बाढीको वितण्डाका कारण क्षति भएका २० दिन बितिक्दिा पनि आयोजनाको यकिन क्षतिको विवरण आउन नसक्नुमा स्थलगत अवलोकनमा अझै पनि कमजोरी नै देखिन्छ । यतिबेला रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले भने प्रारम्भिक रुपमा हेर्दा साढे ३ अर्ब हाराहारीको क्षति भएको हुन सक्ने अनुमान गरेको छ ।

यतिबेला बाढीले पुरेका सिभिल संरचनाहरु उत्खनन् गर्दै क्रम जारी भएको र यसरी उत्खनन गर्दै जाँदा क्षति कम पनि हुन सक्ने अनुमान रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका जिम्मेबार व्यक्तहरु बताउँछन् । अहिले बाढीले क्षतिग्रस्त आयोजनास्थलमा इन्जिनियरको टोली समेत पुगिसकेका छन् । चिलिमे इन्जिनियरिङ र एनईए इन्जिनियरिङका प्राविधिक तथा इन्जिनियरहरुको टोली आयोजनास्थलमा पुगेर क्षतिको विवरण र पुनः निर्माणको डिजाइन बनाउने कार्य सुरु भइसकेको स्रोतले जानकारी दिएको छ ।

क्षतिग्रस्थ स्थानमा यतिबेला धमाधम प्रारम्भिक रुपमा क्षतिको विवरण संकलन गर्ने र सिभिल तथा पुरिएका सामानहरु निकाल्ने र प्रारम्भिक पुननिर्माणको काम समेत थालिएको छ । तर पुननिर्माणको कार्य भने वर्षा नभएको अवस्था र थप बाढी आउने जोखिम टरेपछि मात्र अघि हाइड्रोपावर कम्पनीले जनाएको छ ।

बाढीले क्षतिग्रस्त उक्त जलविद्युत् आयोजनाको पुननिर्माणका लागि ठूलो रकम खर्च हुने देखिएकोले कर्मचारी सञ्चय कोषसँग ऋण लिइने भएको छ । क्षतिग्रस्त संरचनाको पुननिर्माण गरेर पुनः विद्युत् उत्पादन सुचारु गर्न आयोजनालाई थप रकम आवश्यक पर्ने देखिन्छ ।

कम्पनीका अनुसार बाढीले क्षति पुर्याएको संरचनाका लागि इन्स्योरेन्स कम्पनीबाट दिइने रकम पर्याप्त हुने र पुननिर्माणका लागि थप चाहिने रकम भने कर्मचारी सञ्चय कोषबाट ऋण दिने तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया