२०८२ भाद्र ६ | Aug 22, 2025

अस्ट्रियाको विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु, दर्जनौ घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २८

ललितपुर । अस्ट्रियाको शहर ग्राजको एक विद्यालयमा एकाएक गोली चल्दा कम्तिमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । स्थानीय सञ्चारमाध्यमले त्यहाँको प्रहरीलाई उद्धृत गर्दै यस घटनामा विद्यार्थी र शिक्षकहरूसहित अरु दर्जनौं गम्भीर घाइते भएको बताइएको छ ।

हिजो (मंगलवार) बिहान करिव १० बजे लेन्ड जिल्लाको ड्रेयरस्चुत्जेङ्गासेको बोर्ग स्कुलमा एकाएक गोली चलेको थियो । प्रहरीले संदिग्ध अपराधी २२ वर्षीय बन्दुकधारीलाई पक्राउ गरेको छ । उनी सोही विद्यालयका पूर्व विद्यार्थी थिए । घटना पश्चत् बन्धुकधारीले आफैँलाई पनि गोली हानेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया