अस्ट्रेलियाको सेन्ट्रलकोस्ट क्षेत्रमा भीषण आगलागी, १९ स्थानको आगो नियन्त्रण बाहिर

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २१
|
1.4k views

ललितपुर - अस्ट्रेलिया।अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा भीषण आगलागी भएका् छ । उक्त क्षेत्रको जंगलमा लागेको डढेलो अनियन्त्रित रुपमा फैलिँदा आसपासका बस्तीहरुसमेत ध्वस्त भएका छन् ।

अष्ट्रेलियाको सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबारदेखि लागेको डढेलो तीव्र रूपमा फैलिएर बस्ती सखाप पार्न गालेपछि त्यहाँ आपतकालीन चेतावनी जारी गरिएको छ । शनिबार पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये हाल १९ स्थानको डढेलो नियन्त्रणबाहिर छ ।

जंगलबाट फैलिएको डढेलो आसपालका मानव बस्तीमा पुगेपछि त्यहाका १६ भन्दा बढी घर नष्ट भएका छन् । तीमध्ये बुलाह्देला र कोलोबोङका धेरै घर परेको सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन् । सेन्ट्रल कोस्टको कोलोबोङ र अपर हन्टरको मिल्सन्स गली क्षेत्रमा लागेको डढेलो भने नियन्त्रणभन्दा बाहिर छ ।

यस्तै, कोलोबोङको निम्बिन रोड, गोसफोर्ड र वोयवोयको बीचमा बस्ने स्थानीय बासिन्दालाई डढेलो प्रभावित क्षेत्र तत्काल छोड्न भनिएको छ । समुुद्री तटका नजिकैका बस्तीदेखि बाक्लो वनजंगलसम्म आगो फैलिएको छ । आगोको मुस्लो र धुँवाका कारण वातावरण प्रदूषित हुनुका साथै मानिसहरू जोखिममा परेका छन् । सरकारले डढेलो नियन्त्रण गर्न दमकलहरू पठाएको छ । तर, आगो नियन्त्रण गर्न कठिन हुँदा आगो नियन्त्रकहरू आकुल–ब्याकुल भइरहेका छन् । सेन्ट्रल कोस्टको कोलोबोङ क्षेत्रमा डढेलोले धेरै घरहरू जलाइदिएको छ । रेलका लाइन नजिकैका घरहरूसमेत आगोले पूर्णरूपमा ध्वस्त भएका छन् । जसका कारण यातायात प्रभावित भएको छ । राज्यमा अहिले गर्मीको लहर छ । तापक्रम ४० डिग्रीसेल्सियस नजिक पुगेकाले सुक्खा र तातो हावाले आगो थप फैलिने खतरा बढाएको छ । गोलबर्न नदी राष्ट्रिय पार्कको डढेलोले ८ हजार ६०० हेक्टर क्षेत्र जलाइ अष्ट्रेलियन सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यहँका टेलिभिजनहरूले एनएसडब्ल्यू सेन्ट्रल कोस्टको कोलोबोङमा लागेको आगलागीका कारण धेरै घरहरू जलेर नष्ट भएको दृश्य देखाइरहेका छन् । डढेलो लागेको स्थानमा तीब्र गतिमा हावा चलेका कारण हाल ५० भन्दा बढि स्थानमा आगो फैलिएको त्यहाँका टेलिभिजनहरुले प्रशारण गरिरहेका छन् ।

आगो नियन्त्रणमा लिन हाल हेलिकप्टरहरूले पानीको वर्षा गरिरहेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube