आइएमई पे र डेली ग्रोसरीवीच सम्झौता

काठमाडौं २४ पुस २०७९।आइएमई पे र डेलीग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेलीग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्तगर्न सक्नेछन् ।

यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त कम्पनीले खुलाएको छ । ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाको २४ वटा डेलीग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्नेछन् ।

आइएमई पे

नेपालको पहिलो भुक्तानी सेवाप्रदायकल आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । “आइएमई पे”आइएमई ग्रुप डिजिटल वित्तिय सेवाप्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदान गर्ने पहिलो कम्पनी हो ।


आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुका ेमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तानगर्न मिल्ने सेवाप्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया