२०८२ फाल्गुन ६ | Feb 18, 2026

आइएमई लाइफ इन्स्योरेन्समा आबद्ध हुनेले ह्याम्स अस्पतालमा विशेष छुट पाउने

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २९
|
306 views

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ह्याम्स अस्पतालबाट उपचारसेवा लिदा १० प्रतिशत छुट साथै औषधि खरिदमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ । सो सम्बन्धी इन्स्योरेन्स कपनी र ह्याम्स अस्पताल बिच सम्झौता भएको छ ।

सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने लक्ष्य लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया