२०८२ भाद्र ६ | Aug 22, 2025

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १५

ललितपुर । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरूलाई पोखरामा आयोजित ‘Business Excellence Award Night 2025(BEAN-2025)’ मा भव्यरुपमा सम्मान गरेको छ ।

पोखरा ग्राण्डमा आयोजित सो समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नावय प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिरहरु , प्रदेश प्रमुखहरू र कम्पनीका कर्मचारीहरूको सहभागितामा उक्त अवार्ड समारोह सम्पन्न गरेको हो ।

कम्पनीका अभिकर्ताहरूको व्यबसायीक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरुप उक्त विशेष कार्यक्रम आयोजना गरिएको थियो । स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभिकर्ताहरूलाई नेपालमै निर्मित स्वदेशी आखिझ्याल शैलीका विशेष अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा आई।एम।ई। लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले प्राप्त गरेको सफलता सम्मान र अवार्डहरू अभिकर्ता र कर्मचारी साथीहरूको निरन्तर सहकार्य प्रतिफल भएको र भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवाहरू सञ्चालन गर्दै लैजाने प्रतिबद्धता गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया