|
|
२०८२ कार्तिक १९
714 views
ललितपुर । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज (बुधबार) नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।
युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे हुने प्रतिस्पर्धामा सात्वना जित हात पार्ने लक्ष्यका साथ नेपालले खेल्नेछ ।
अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छ भने युएई एक खेलमा विजयी भएको छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायत छन्।



















फेसबुकबाट तपाईको प्रतिक्रिया