२०८२ आश्विन १६ | Oct 02, 2025

आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १
|
204 views

ललितपुर । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिक उत्सवको अवसरमा स्वस्थ्य जीवनको लागि जीवनबीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौं सहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो। कम्पनीले देशका सातै प्रदेशमा रहेका शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा उक्त दिवसलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको थियो ।

कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया