२०८२ फाल्गुन ६ | Feb 18, 2026

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १३
|
612 views

ललितपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।

युएईको आईसीसी एकेडेमीमा भएको आफ्नो दोस्रो खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे ।

रोहितले १३० बलमा १०९ रनको योगदान दिए । आसिफ शेख ३५, कुशल भुर्तेल ७, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, गुल्सन झा ०, करन केसी १३, ललित राजवंशी ० र सोमपाल कामी ६ रनमा आउट भए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे । बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया