२०८२ आश्विन १६ | Oct 02, 2025

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा सातौं वार्षिकोत्सवको कार्यक्रम अन्तर्गत प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्रि वितरण

BusinessPati बिजनेस पाटी
|
२०८१ श्रावण ३०
|
204 views

काठमाण्डौ  ३०साउन, २०८१-आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा राहत सामाग्रि वितरण गरेको छ । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणको उद्देश्यलाई आत्मसात गर्दै सो वितरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।


कम्पनीले टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर स्थित बाढी पिडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरेको छ। त्यसैगरी काठ्माडौं टोखा स्थित विपद्को शिकार भएका परिवारहरुलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामाग्रिहरु वितरण गरेको छ। साथौ, धरान उप महानगरपालिकको सम्पूर्ण वडाका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरुकालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया