२०८२ फाल्गुन ६ | Feb 18, 2026

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई आमा हस्पिटलमा ५०% सम्म छुट

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ८
|
357 views

ललितपुर । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५०५ सम्म छुट प्राप्त हुने भएको छ ।

जसअन्तर्गत क्यबिन बेड मा ५०५, जनरल बेडमा ३०५ र हस्पिटलका अन्य सेवामा २०५ साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क लाग्ने छैन । साथै, हेल्थ चेकअप प्याकेजमा ४०५ को विषेश सहुलियत दिने भएको छ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

कम्पनीले यस्ता व्यावसायिक सम्बन्धमा निरन्तर बिस्तार गरि सेवालाई थप प्रभावकारी र स्तरिय बनाउदै कम्पनीका बिमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया