२०८२ फाल्गुन ६ | Feb 18, 2026

आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पताल, नेपालगञ्ज मा ५० % सम्म छुट

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १४
|
1.2k views

ललितपुर । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब कान्ति आरोग्य अस्पतालमा उपचार सेवामा ५०% सम्म छुट प्राप्त हुने भएको छ। अस्पतालसँगको विशेष सहकार्यका आधारमा बीमितले विभिन्न स्वास्थ्य सेवामा राहतसहित उपचार पाउनेछन्।

अस्पतालका अनुसार डाक्टर परामर्श शुल्कमा ५०% छुट, ल्याब टेस्ट तथा एक्स–रेमा ३०%, बेड चार्जमा २०%, र अपरेसन, भिडियो एक्स–रे तथा औषधिमा १०% छुट लागू हुनेछ।

छुट सुविधा लिनका लागि बीमितले IME LIFE Mobile App मा उपलब्ध प्रिभिलेज कार्ड देखाउनुपर्छ। अभिकर्ता र कर्मचारीहरूले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र प्रस्तुत गरेपछि सो सुविधा प्राप्त गर्न सक्नेछन्।

नेपालगञ्ज क्षेत्रको ख्यातिप्राप्त स्वास्थ्य संस्था कान्ति आरोग्य अस्पताल अत्याधुनिक चिकित्सा सुविधा, विशेषज्ञ चिकित्सकको टोली र बिरामी–केन्द्रित सेवाका कारण परिचित छ। शहरको मध्यभागमा अवस्थित अस्पतालले विभिन्न विशेषज्ञ सेवाहरू प्रभावकारी ढङ्गले प्रदान गर्दै आएको छ।

आईएमई लाइफ इन्स्योरेन्स र अस्पतालबीचको सहकार्यले स्थानीय बीमित तथा सेवाग्राहीलाई गुणस्तरीय उपचार सेवामा थप पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया