२०८२ आश्विन १६ | Oct 02, 2025

आगामी असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३
|
867 views

ललितपुर। यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने भएको छ । आगामी असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गर्दै एक सूचना जारी गरेको छ । सूचना अनुसार प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्न सवारी धनीलाई निर्देशन दिएको हो ।

विभागले प्रकाशन गरेका सूचनाका अनुसार ,‘सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै सवारी धनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

एक वर्ष अघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो । त्यसै निर्णयलाई आधार मानी मंगलबार विभागले एक सूचना जारी गर्दै सवारी दर्ता, नामसारी, र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सवारी धनीलाई निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया