२०८२ भाद्र ७ | Aug 23, 2025

आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.३ प्रतिशतले बढ्ने अनुमान

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १५

काठमाडौँ । संघीय सरकारले आगामी आर्थिक वर्षमा ४.५ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ। विहीबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले देशको आर्थिक वृद्धिदरमा विगतभन्दा सुधार हुने बताएका छन् ।

नेपालको अर्थतन्त्र विगतका दिनमा सुस्ताए पनि निरन्तरको प्रयासपछि अब भने अर्थतन्त्रमा सुधार देखिने बताए । यसअघि ३.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर अब भने ४.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको बताए।

यसका साथै ऋणात्मक अवस्थाबाट धनात्मक वृद्धिदर हुने अनुमान गरिएको उनको भनाइ छ। उनले आर्थिक वर्ष २०८२÷२०८३ मा विद्युत्, वित्तीय, बीमा लगायतका क्षेत्रमा उल्लेखनीय सुधार हुने बताए। उनले यस वर्ष थप ३३९ मेगावाट बिजुली उत्पादन भएको, पर्यटक आगमन १३ प्रतिशतले बढेर ९ लाख २३ हजार पुगेको र ३.४ प्रतिशतमा मुद्रास्फीति सीमित भएको बताए।
त्यसैगरी अर्थमन्त्री पौडेलले आगामी वर्ष प्रतिव्यक्ति आयमा समेत वृद्धि हुने प्रक्षेपण गरिएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया