२०८२ फाल्गुन ६ | Feb 18, 2026

आगामी वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदै, नयाँ बैंकको लाइसेन्स खोलिने‍

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २७
|
408 views

ललितपुर । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । यसअघि बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगिसकेको छ ।

आज सार्वजनिक हुँदै गरेको मौद्रिक नीतिमा नयाँ बैंकहरुको लाइसेन्स खोलिने‍, विदेशी सयुक्त लगानीका बैकहरुलाई पनि नेपालमा वजार खोलिने, वाणिज्य बै‌कहरुको बर्गीकरण गरिने, असल बैंकहरुलाई स्वनियमनमा राखिने, कमसल बै‌कहरुलाई मात्र नियमनमा केन्दित गरिने, ऋण दिने मापदण्ड व्यापक पुनरावलोकन गरिदै बिद्यमान तरलता व्यवस्थापन गरिनेलगायतका उदारवादी व्यवस्था समेटिने भएका छन् ।

राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया