‘आगो लगाई रहेछु’- युगकवि सिद्धिचरण श्रेष्ठ

स्वयम्भू शाक्य

युगकवि सिद्धिचरण श्रेष्ठले आजकिनहो कुन्नी आफ्नै तन र मनमा आगो लगाउन खोज्दैछन् । यौटा सानो आगोको झिल्कोले कहिकतै खरानी बनाउन यौटा वस्तुलाई भष्म पारी अर्को वस्तुको खोजी गर्दैछन् । त्यसैले मान्छेँहरू भन्ने गरिन्छ यो तन र मनलाई आगोले पोल्दा आपूmले गरेका कुकर्मबाट कतै हामीले उन्मुक्ती पाउने त होइन? कतै दनदनी आगो बलिरहँदा आगोको रापले मान्छेको मन पग्लिने त होइन? कतै डढेलो लागेर फेरी नयाँ वसन्तको बहार आउने त होइन? कतै आगो निभेर धुँवै–धुवाँमा थिनिस्किने त होइन? के थाहा, यो त आगोको खेल हो । आगोले मनमा जति पोल्न सक्छ त्यति नै यो तनमा पनि पोल्ने गरिन्छ । यो त साश्वत कुरो हो । यो त सत्यले गरेको वाचा हो

आखिर आगो न हो जता छोए पनि पोल्ने गरिन्छ । खबरदार, ¥याङठ्याङ नमिलेको मेरो बानी ब्यहोरा भनि मलाई कसैले नउडाई दिनुहोला । हेँला गरेर कतै गिल्लाको फोहोरा मलाई नफालिदिनुहोला । किनकि म पनि यही समाजको मान्छँे हुँ । मलाई थाहा छ, यो समाजमा आजकल के भैरहेको छ । अब के गर्नु पर्ने हो । मानव जातीको उन्नति र बिकासका लागि हाम्रो समाजले के कसरी सहयोग गर्नु पर्ने हो ?चिन्ताको विषय छ । चिन्तन र मनन् गरी संवाद चलाउनु पर्ने कुरो हो । तर खै म त यहाँ केही देख्दिन । हामी सबैको शिरमा लागिरहेको पापलाई मैले मन्त्र गरी सदाका लागि पन्छाउने कोशिस गरिरहेको छु । तपाईं हामीले जानी नजानी गरेका भूलहरूलाई समयमै सच्याउन लागिपरेको छु ।
भनिन्छ, पाप धूरीबाट कराउने गरिन्छ । हामीहरू मध्ये ज–जसले जे–जस्तो पापकर्म ग¥यौ । आज त्यो पापले हाम्रो शिर निहुरिने छ । चाहिने नचाहिने आक्षेपहरू लगाउनेहरूलाई भोलिका दिनमा उसको नाम ठूलो अक्षरले ढुङ्गामा कोर्ने छ । त्यसैले हामीले हाम्रो टाउको माथि लागेको पापलाई मोचन गर्ने हो भने यो चित्तलाई सकेसम्म स्थिर राखी मन, वचन र कर्मले भए गरेका पापलाई तीर्थमा गएर पखाल्नु पर्छ । होइन भने कहाँ चित्त शुद्ध गर्न सकिन्छ र ? फोहोर र मैलाहरू त्यसै कहाँ सफा भएर जान्छ र ? यौटा मान्छेँ–मान्छेँ भएर कहाँ बाँच्न सकिन्छ र ? त्यसैले अज्ञानताको कालो भूत पन्छाउन हामीले ज्ञानको ज्योति बाल्नै पर्छ । यौटा अध्यारो कोठामा उज्यालो पाउने हो भने यौटा दीप बाल्नै पर्छ । तबमात्र उज्यालो हुन सक्छ । तब मात्र अध्यारो भाग्न सक्छ । तब मात्र आँखाले देख्न सक्छ । तब मात्र कालो भूतलाई पन्छाउन सकिन्छ ।

सफलता थुप्रै असफलताको प्रतिक हो । त्यसैले सफलता पाउनका लागि हामीले थुप्रैं कुराहरूलाई तिलाञ्जली दिन सक्नु पर्दछ । भन्नेले जेसुकैं भनून् तर हाम्रो समाजले साँच्चै न्याय र अन्याय छुट्याउन सकिएन भने हाम्रो समाजले हामीलाई बेइमानी गरेको ठहर्ने छ । त्यसबेला म मात्र होइनहामीहरूले पनि समाजका अगाडी उभिएर चिच्याई चिच्याई खबरदारी दिन सक्नुपर्दछ । ¥याङठ्याङ नमिलेको भनी मेरो प्रयत्नमा कसैले गिल्ला गर्ने होइन सफलताको कामनागर्दै सन्देश दिन सक्नु पर्छ । तब मात्र समाज परिवर्तन हुनेछ । मसालको आगोले सही दिशा पाउने छ ।

खबरदार ¥याङठ्याङ नमिलेको मेरो बानीब्यहोरा भनी
यसरी नउडाउनोस्, गिल्लाको फोहोरा नलाउनोस्
तपाईंको उसको सबैको शरीरमा लागिरहेको
पाप पन्छाउने म मन्त्र गरिहेछु
तपाईले गरेको भूललाई सच्याउन लागिरहेछु ।
यसले अज्ञानको कालो भूत पन्छिनेछ
यसले सफलताको श्रीपेचलाई छोड्ने छ ।
खबरदार ¥याङठ्याङ नमिलेको भनी मेरो प्रयत्नमा
यसरी नउडाउनुस्, गिल्लाको फोहोरा नखोलि दिनोस् ।

यो संसारमा सबै मूल्य र मान्यताहरू सत्य नहुनपनि सक्छ । सत्यलाई मानेर आएका मूल्य र मान्यताहरूले मात्र अहंकारलाई विनाश गर्नेछ । जीवनमा नकरात्मक विचारलाई हटाएर सकारात्मक विचारको जन्म दिने छ । परिवर्तनलाई सहर्ष स्वीकार गरेर सही बाटो हिँड्ने कोशिस गर्नेछ । कपतपूर्ण ब्यवहारलाई सदाका लागि तिलाञ्जली दिएर प्राणीहरूको निम्ति हितकारी कार्य गरिने छ । त्यसैले सत्य अटल छ । यो संसारमा सत्यभन्दा ठूलो कुरो अरु कुनै हुनसक्दैन । जो जिउँनका लागि मुस्किल छ, त्यसैलाई नै सत्यको धेरै आवश्यकता पर्दछ । किनकि सत्यले दुःखलाई निवारण गर्ने भएकोले यसको खोजि गर्नु मानव कल्याणका लागि उपयुक्त हुनेछ । जसले राम्रो सँग खोज्ने गरिन्छ उसको मनमा निश्चय नै दोमन हुनु आवश्यक देखिन्छ । तब मात्र सत्यको खोजी गर्न सकिन्छ । किन कि दुविधाले मैले गर्न खोजेको काम ठीक छ छैन भनी जाँची मनमा उत्पन्न भएका धेरै तर्क वितर्कहरूले सत्यको नजिक पुग्न सकिन्छ ।

भनिन्छ, यो संसारमा कर्मविहिन मान्छेँ कोही हुनै सक्दैन । चाहे राम्रो होस् या नहोस् कर्म विहीनभएर कोही मान्छँे बस्न सक्दैनन् । त्यसैले दुःख नै सत्य हो भन्ने कुरा बुझेर सत्य नै ईश्वरको रूपमा दिन सकिन्छ । ईश्वर पाउनका लागि धेरै पसिनाहरू चुहाउनु पर्छ । सत्यलाई आत्मसाथगर्दै थुप्रै मूल्य र मान्यताहरूलाई आत्माले स्वीकार्नु पर्छ । तब मात्रहामीले थाहापाउन सकिन्छ । मान्यताको घनले फोरेर नयाँ कुराहरूको आविष्कार गर्न सकिन्छ । आपूmले खोजे जस्तो समाजलाई हामीले उपहार दिन सकिन्छ । आगो बालेर अध्यारोलाई धपाउदै समाजमा भैरहेका विकृति र विसंगतिहरूलाई समयमैं सुधार गर्न सकिन्छ । तब मात्र सत्य मानेर आएका मूल्य र मान्यताहरूलाई हामीले बुझ्न सकिन्छ । घनले फोरेर पनिनयाँ स्वरूपदिन सकिन्छ भन्ने कुरा हामीले थाहा पाउन सकिनेछ ।

यो कुरो सत्यहो, आजसम्म यो संसार देखेर पनि भोग्न नपाएका मान्छेँहरू धेरै छन् । किनकि मान्छेँको आँखा भएर मात्र पुग्दैन । आँखा भएको जस्तो पनिहुनु पर्दछ । मन भएर मात्र पुग्दैन मन भएको जस्तो पनि हुनुपर्दछ । किनकि आज सम्म हामीले यो संसार देखेर के भो ! जबसम्म यो संसार कस्तो छ भन्ने कुरो बुझ्न सकिरहेका छैनौ ? समयसँगै यो जिन्दगी बिताएर के भो ! जबसम्म हामीले भोगेको जस्तो लागिरहेका छैन । तसर्थ युगकवि सिद्धिचरण श्रेष्ठले यो भवसागरमा डुब्न लागेका मान्छेँहरूलाई उद्धार गर्न खोज्दैछन् । आजसम्म पनि संसार देखेर भोग्न नपाएकाहरूलाई हात समाती तान्न लागि परेका छन् । आखिर मान्छँे न हो, यौटा मान्छेँले अर्को मान्छेँलाई सहयोग गर्नुपर्छ । हिजो हाम्रा बाः–आमा अनि शुभचिन्तकहरूले हामीलाई सहयोग गरेका थिए । आज हामीले पनि त्यस्तै सहयोग गर्नुपर्छ । यो त संसारको रीत नै हो । जहाँ जसरी पानी बग्छ त्यसरी नैनदीले आफ्नो स्वरूपलिँदै बगेर जाने छ ।
इतिहास साक्षी छ, अन्याय र अत्याचारीहरू यो संसारमा धेरै दिन टिक्न सक्दैनन् । समयका कालखण्डलाई हामीले हेर्ने होभने थुप्रै तानाशाहीहरूको जन्म भएपनि उनीहरूलाई समयले तह मिलाएको पाइन्छ । यो त समयको कुरो हो । युगले नयाँ समाजको निर्माण गर्नका निम्ति धेरै चोटी कुसंस्कारलाई आगोमा पोलेका छन् । संघर्षमा अनगिन्ती मसालहरू बाली थुप्रै शहीदहरूको जन्मभएका छन् । तैपनि मानवको स्वभाव न हो । सकेसम्म आपूm लुकेर अरु के गर्दैछन् भनी हेर्ने गरिन्छ । तर विडम्बना अन्याय र अत्याचार मात्र सहेर जीवन बिताउने हो भने यो जीवन होइन मृत्यु हो । भोलिका लागि संगिन अपराध हो । त्यसैले यस्ता माकुरोको जालोलाई कुचोले सफा गर्नुपर्छ । सत्य ज्ञानको भूकम्पचलाई सबैलाई भताभूङ्ग पार्नुपर्छ । तब मात्र नयाँ संसारको सृजना गर्न सकिन्छ । त्यसमा बाँच्ने मान्छेँहरू मात्र साँच्चै महामानव बन्न सकिन्छ ।

खबरदार, मलाई ¥याङठ्याङ नमिलेको मान्छेहरू मनै पर्दैन । मेरो प्रयत्नमा कसैको केहीभन्नु छ भने आलोचना मात्र होइन समाचोलना गरी देखाउन सक्नुपर्दछ । आलोचना त ईश्वरलाई पनि गर्ने गरिन्छ । जसमा न पसिनाको आवश्यकता छ न बुद्धि विवेकको खाँचो छ । त्यसैले विरोधका लागि विरोध गर्नु मानवीय संस्कार भित्र कहिल्यै पर्दैन । खबरदार मलाई मात्र होइन तपाईंलाई पनि गिल्ला गरेको मलाई मन पर्दैन । किनकि म मात्र एक्लै यो संसारमा बाँच्नु छैन । तपाई हामी सबै मिलेर यो संसारमा बाँच्नु छ । अन्याय र अत्याचारीहरू मात्र होइन समाजमा भएका बेथितिहरूलाई सदाका लागि अन्त्य गरि यौटा नयाँ संसारको कल्पना गर्नुछ । जहाँ पूर्वबाट उडाएको सूर्य पश्चिममा अस्ताए जस्तै हामीहरूले पनि यौटा थिति बसाल्नु छ । जहाँ प्रश्नै प्रश्न मात्रहँुदैन, जहाँ उत्तरै उत्तर मात्रपनि हुँदैन, जहाँ सत्यै सत्यको सपथ मात्र खुवाउदैन, जहाँघनले फोरेर नयाँ स्वरूपका लागि मात्र परिवर्तन खोज्दैन त्यहाँआगो लगाई रहन आवश्यक छैन । जहाँ ज्ञानको ज्योतिबालेर ज्ञानगुणका कुराहरू सुनाई रहनु आवश्यक छैन । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठलाई लाग्दो हो नयाँ संसार निर्माण गर्नका निम्ति पुरानाका मनलाग्ने पर्खालहरू भत्काउनु पर्छ । तब मात्र नयाँ जग राख्नसकिन्छ । होइन भने पुरानो पर्खालमा नयाँ जग राख्दैमा नयाँ संसार बनाउन सकिँदैन ।
सबै सत्य मानेर आएका मान्यताहरूलाई
मान्यताको धनले म फोर्न लागिरहेछु
आजसम्म संसार देखेर पनि भोग्न नपाएका
मानिसहरूलाई म तान्न लागिरहेछु
यसरी अत्याचार गर्ने स्वभाव भइसकेका
असत्य अत्याचार सहने बानी परिसकेका
यसरी सत्य ज्ञानको भूकम्पचलाई
नयाँ संसार सिर्जना गर्नलागि रहेछु ।
खबरदार ¥याङठ्याङ नमिलेको भनी मेरो प्रयत्नमा
यसरी नउडाउनुस्, गिल्लाको फोहोरा नखोलिदिनोस् ।
कालाअक्षरहरू सानो वा ठूलो किन नहोस् त्यसको समाथ्र्य धेरै हुने भएकोले यौटा मान्छँेको सोच र ब्यवहार मात्र होइन मान्छेँ कसरी जिउनुपर्छ भनी दिब्यचक्षु दिलाउने गर्दछन् । त्यसैले काला अक्षरहरू कहिल्यै सेता नभएता पनि नदी टर्नको लागि पुल बन्न सक्छ । रोगीहरूका लागि औषधी बन्न सक्छ । दुःखीहरूका लागि सुखी बनाउन सक्छ । अध्यारोलाई उज्यालो पार्न सक्छ । एक्लै भएपनि साथी पाए जस्तो हुन्छ । ऐना जस्तो संसार हेर्न सकिन्छ । तसर्थ आपूmले जाने बुझेका कुराहरू यौटा पुस्ताबाट अर्को पुस्तामा काला अक्षरहरूले मात्र हस्तान्तरण गर्न सकिन्छ । क्षमताको विकासका लागि निस्वार्थ र स्वाबलम्बन बन्नका लागि, प्रतिभा विकास गर्नका लागि, मानवता र नैतिकताको उजागार गर्नका लागि, असल र खराब छुट्याउनका लागि, विवेकहरू लगाउनका लागि, सहि निर्णय गर्नका लागि यी काला अक्षरहरू कालै भएपनि शक्तिशाली छन् । जन्मेदेखि मृत्यु पर्यन्तसम्म यो संसारमा ज्ञान भन्दा ठूलो अरु हुनै सक्दैनन् भनी यी काला अक्षरहरूले आत्मानुभूति दिँदे आएका छन् । चाहे क्रोधलाई शान्त पार्ने काममा किन नहोस्, चाहे डर, त्रास र भयलाई निमूल पार्ने काममा किन नहोस्, चाहे आगोलाई निभाउने काममा किन नहोस्, चाहे कुलतलाई सुमार्गमा हिँडाउने काममा किन नहोस् यी काला अक्षरहरू अहिलेसम्म कहिल्यै सुतेका छैनन् । सधैं जागाभएर काला अक्षरहरू आफ्नो धर्म निभाइरहेका छन् । जसले काला अक्षरहरूलाई सहयोग माग्न आउँछन् । त्यसैलाई मात्र निश्वार्थ रूपमा गन्तब्यसम्म पु¥याएर फर्किने गर्दछन् । त्यसैले ती काला अक्षरहरूका थुप्रोलाई हामीले प्रत्येक दिन एक एकगरी केलाएर यो संसारका गहिरा कुराहरूलाई आत्मसाथ गर्न सकिन्छ । तिनीहरूले औल्याएका कुराहरूलाई हामीहरूले चिन्तन मनन गर्न सकिन्छ ।

हामीलाई जुन कुराको आवश्यकता छ त्यही कुराको मात्र नाप लिनुपर्छ । जुन कुरा हामीलाई चाहिँदैन त्यो नापको कुनै अर्थ हँुदैन । चौकुनाको नापलाई त्रिभूजले परिपूर्ति गर्ने भएनापको औचित्य के नै बाँकी रहन्छ र ? अमिल्दो बिर्को लगाए जस्तै अमिल्दो नापलाई नै ठीक छ भनीहामीकहाँभन्न सकिन्छ र ? सानो बच्चाको नापमा ठूलो मान्छेँले कसरी लुगा लगाउन सकिन्छ र ? त्यसैले अमिल्दो नापको कुनै औचित्य छैन । जुन कुरा मलाई चाहिँदै चाहिँदैन त्यसको खोजी गर्नु आवश्यक तै छैन ।

पाप ,आजहोइनभोलि देखाउने कुरो हो । त्यसैले यो त समयले बताउने छ । मान्छेँको छात्ती भित्र भयङ्कर पाप छ भने जतिसुकै मीठो बोले पनि आखिर पापी मन न हो कहिँ न कहिँभित्र भित्रै बेमेलले काम गरिरहेको हुन्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले सबैलाईआ–आफ्नो ठाउँमा राखी अगाडी बढ्दैछन् । कहिले हाँसेर, कहिले रोएर,कहिले गीतगाएर,आजमात्र होइन उहिलेदेखि नै अनगीन्ति कविताहरू रचना गर्दैछन् ।

विचार कहिले पनिमर्न सक्दैनन् । यसलाई मार्न त नयाँ विचारको जन्म हुनु पर्दछ । किनकि नयाँ विचारले पुराना विचारलाई प्रतिस्थापना गर्न सकिन्छ । नयाँ सोचको जन्मभए पछि पुराना सोचहरूले यो धरतीमा यसै ठाउँ छोडेर जानुपर्छ । यो नै शाश्वत सत्य हो । संसार परिवर्तनशील छ । यो परिवर्तशील भित्र कुनै पनि विचारहरू स्थीर रहन सक्दैनन् । त्यसैले विचारहरूमा नयाँ आयाम थपिने छ । नयाँ कुराहरू जन्म भएपछि पुराना कुराहरू विस्थापित भएर जानेछ । जाज्वल्यमान नयाँविचारहरू एक दिनअवश्यपनिबाहिर निस्की यो संसारको एक कुनाबाट अर्को कुनासम्म पैmलिने छ ।
खबरदार ¥याङठ्याङ नमिलेको कुरा मलाई मात्र होइन हामी कसैलाई पनि मन पर्दैन । जसको न सिँग छ न पुच्छर छ, जसको कुनै अर्थ छ त्यस्ता कुराहरूलाई मान्छेँले कसरी विश्वास गर्न सकिन्छ । त्यसैले आलोचना केवल आलोचनाको लागि मात्र गर्ने होइन । आलोचना सत्य र तथ्यका आधारमा गर्ने गरिन्छ भने त्यस्तो आलोचनालाई हामीले पूर्णरूपमा स्वीकार्नै पर्छ । चाहे आकाश खसोस्, चाहे यो धरतीमा भूकम्प नै आओस् । त्यस्तो तीतो सत्यलाई हामीले पिउन सक्नु पर्दछ । होइन भने आलोचना केवल आलोचनाका लागि मात्र हुनेछ । ईष्र्या र घृणाले विरोधका लागि विरोध मात्र गरिनेछ । अपितु त्यस्तो कुरा मलाई पटकै मन पर्दैन । कसैले कसैलाई गिल्ला गरेर तुच्छ पारेको म कहिले सहन सक्दिन । यस्तो नगरि दिएको भए हुन्थ्यो । यस्तो मनमा नलिई दिएको भए हुन्थ्यो । आखिर एक बारको जुनी न हो । यो पैंचो मागेको शरीरले एक दिन सबैलाई पैंचो तिरेर जानु छ ।
पढिसकेका ती काला अक्षरहरूको राश
तिनीहरूले औंल्याइरहेको संसारको गहिरो छाप
चाहिँदैन नचाहिँदो नमिलेको नाप
छाती पिट्दै भित्रभित्रको भयङ्कर पाप
सबलाई केरी, पुरी, मास्दै म बढिरहेछु
हाँसी, गाई, रोई उहिलेदेखि कविता लेखिरहेछु
जाज्वल्यमान मेरो विचार एकदिनबाहिर निस्की
संसारको एक कुनादेखि अर्को कुनासम्म देखा पर्नेछ ।
खबरदार ! ¥याङठ्याङ नमिलेको भनी मेरो प्रयत्नमा
यसरी नउडाउनोस्, गिल्लाको फहरा नखोलि दिनोस् ।

हामीलाई थाहा छ, विचार यौटा अमूर्त अवधारणा हो । जहाँतर्क रवितर्क मात्र होइन चिन्तन र मनन्को आवश्यकता छ । जहाँ विज्ञान र दर्शन मात्र होइन नीति र राजनीतिको खाँचो छ । त्यसैले सिद्धान्त र ब्यवहारमा कोही कसैले सावधानीपूर्वक जाँच गरिन्छ भने त्यहाँ धेरै मान्छेँहरूको समर्थन हुनेछ । थुप्रैं प्रमाणहरूको आधारमा विकृती र विसंगतिहरूलाई केलाउने हो भने हामीले धेरै कुराहरू परिवर्तन गर्नु आवश्यक छ । तब मात्रआगो लगाई राख्नु पर्ने आवश्यकता पर्दैन । होइन भने युगकवि सिद्धिचरण श्रेष्ठले भने जस्तै हरेक पाइलामा आगो बालेर क्रान्तिका बिगुल फुक्नु पर्नेछ ।

प्रकासित मिति २०७८–११–१८

फेसबुकबाट तपाईको प्रतिक्रिया