२०८२ जेष्ठ १९
51 views

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बस्ने गरी केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । रास्वपा सचिवालयका अनुसार सोमबार अपराह्न १ बजेका लागि सचिवालय बैठक आह्वान गरिएको छ भने ३ बजेका लागि बस्ने गरी संसदीय दलको बैठ बस्ने भएको छ ।
सोमबार एकैदिन बस्ने गरी सचिवालय र संसदीय दलको दुवै बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामाका साथै रास्वपा पार्टी भित्रका विविध गतिविधिका बारेमा छलफल गर्ने एजेन्डा तय भएको सचिवालयले जानकारी गराएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया