२०८२ फाल्गुन ६ | Feb 18, 2026

गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १२
|
663 views

वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लागेसँगै सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ ।

हिजो (सोमबार) साझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. पौडेल सदस्यका रूपमा छन् ।

राष्ट्र बैंकको नेतृत्व चयन राजनीतिक सहमति र भागबण्डाको आधारमा अघि बढेको छ । नेकपा एमालेले नेपाल विद्युत प्राधिकरण र निर्वाचन आयोग आफ्नो भागमा लिँदा नेपाली कांग्रेसले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र गभर्नरको जिम्मेवारी लिने सहमति जुटेको खुल्न आएको छ ।

अहिले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि आन्तरिक दौडधुप तीव्र बनेको बताइएको छ। सिफारिस समितिले योग्य उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ। गभर्नर छनोट प्रक्रियामा बैंक तथा वित्तीय क्षेत्रका मालिकहरूको प्रभाव, शक्ति सन्तुलन, र राजनीतिक दबाबको भूमिका बढ्दै गएको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया