२०८२ फाल्गुन ६ | Feb 18, 2026

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २
|
1.4k views

ललितपुर । नेपाल राष्ट्र बैंकले आजबाट १० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याइएको जानकारी गराएको हो ।

सोमबारबाट प्रचलनमा ल्याइएको १० रुपैयाँको नयाँ नोटमा सबैकुरा साबिककै हुने भएको छ । उक्त नोटमा दस्तखत भने तत्कालीन गर्भनर महाप्रसाद अधिकारीकै रहने नेपाल राष्ट्र बैंकले सूचना मार्फत जानकारी गराएको छ ।
हेर्नुहोस् सूचना

फेसबुकबाट तपाईको प्रतिक्रिया