२०८२ भाद्र ६ | Aug 22, 2025

आजदेखि २५ करोड रुपैयाँसम्म सेयर कर्जा पाइने : राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १

ललितपुर । नेपाल राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । मौद्रिक नीतिमा परेको बुँदालाई बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गरी केन्द्रीय बैंकले १० करोड रुपैयाँ थप गरी २५ करोड रुपैयाँसम्म व्यक्तिगत मार्जिन कर्जा दिन सक्ने जानकारी दिएको हो ।

त्यस्तै बैंकले पहिलो आवासीय घर कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ भने यस्तो कर्जामा बैंकले ८० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गरिएकोछ । यसअघि लोन टु भ्यालु रेसियो ७० प्रतिशत मात्रै थियो । रियल स्टेट कर्जाको लागि लोन टु भ्यालु ५० प्रतिशत तथा अन्य निजी आवासीय घर कर्जाको लागि लोन टु भ्यालु रेसियो ७० प्रतिशत कायम रहेको छ । यसअघि रियल स्टेट कर्जाको लागि ५० प्रतिशत नै रहे पनि अन्य निजी आवासीय घर कर्जाको हकमा ६० प्रतिशत मात्रै थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया