|
|
२०८२ श्रावण १
102 views
ललितपर । आजबाट भयो ट्रेड टावर लिमिटेडको कारोबार सुरु भएको छ । आजको प्रि ओपन सेसनमा ट्रेड टावर लिमिटेड (TTL) को पहिलो कारोबार भएको छ। कारोबारको पहिलो दिन नै कम्पनीको शेयर प्रतिकित्ता ३६६ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।
ट्रेड टावर कम्पनीको शेयर असार ३१ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। जस अनुसार हिजो अर्थात् असार ३२ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनुपर्ने थियो। तर, म्याचिङ्ग नभएका कारण हिजो कारोबार हुन नसक्दा आज स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२३ रुपैयाँ ९ पैसादेखि ३६९ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर टीटीएल टिकरमा कारोबार भएको हो।















फेसबुकबाट तपाईको प्रतिक्रिया