२०८२ भाद्र ६ | Aug 22, 2025

आज जानकी नवमी, जनकपुरमा जानकी जयन्ती मनाइँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २३

जनकपुरधाम । आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी महोत्सव अर्थात् जानकी नवमी पर्व मनाइँदै छ । मिथिला संस्कृतिको महत्वपूर्ण उत्सवको रूपमा परिचित यस जानकी नवमी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजाअर्चना गरी धुमधामका साथ मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ । यस अवसरमा आज विहानैदेखि शोभायात्रा, जानकी आरती, भजनकिर्तन, दिपोत्सव, वधैया गायन लगायत विभिन्न धार्मिक अनुष्ठान गर्ने गरिन्छ । यस अवसरमा नेपाल र भारतका विभिन्न स्थानबाट साधुसन्त र श्रद्धालु भक्तजन जनकपुरधाम आएका छन्।

जनक र जानकीसंग जोडिएका जनकपुरधामको ऐतिहासिक दुधमती नदीमा श्रद्धालुहरूले स्नान गर्छन् । यसरी स्नान गर्दा मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । आज जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजाअर्चना, भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । सोही अवसरमा जानकी मन्दिरले विशेष आरती झाँकीसहितको कार्यक्रमहरु आयोजन गरेको छ ।

जानकी नवमीको अवसरमा आज मधेश प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया