२०८२ श्रावण २२

ललितपुर। आज सङ्घीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै छ । विहीबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । जसमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ । जसमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्दैछ । जसमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया